काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको हुँदा अभिभावकीय जिम्मेवारी हुने बताएका छन् ।
कांग्रेसले विगतमा आफूभित्रको घाउ पीडा विर्सेर राष्ट्रिय शक्तिको भूमिका निर्वाह गरेको महामन्त्री थापाले स्मरण गर्दै भने, ‘सबै कुरा विर्सेर हिंसाको आहालबाट देशलाई बाहिर निकालेको होइन ? त्यसपछिको चुनाव हारेको होइन हामी ? चुनाव जित्ने र हार्नेको हिसाब किताब गरेको होइन नि । हाम्रो जिम्मेवारी निर्वाह गरेको हो नि ।’
अहिले त्यस्तै भूमिकामा कांग्रेस देखिनुपर्ने महामन्त्री थापाले बताए ।
फागुन २१ गते हुने निर्वाचन वर्तमान व्यवस्थाका लागि सर्वाधिक महत्वपूर्ण रहेको बताएका छन् । पोखरामा आयोजिक कार्यक्रममा महामन्त्री थापाले फागुन २१ गते चुनाव नभएर अर्को बाटो लिएर दुर्घटनातिर लाने बताए ।
२०६२र०६३ सालपछि निर्वाचन चक्रमा ब्रेक नभएको उनले बताए । तोकिएको समयमा चुनाव गराउने प्रमुख जिम्मेवारी सरकारको भएको महामन्त्री थापाले बताए । दलहरूसँग संवाद गर्ने र कोहीका मनमा संशय भए हटाउने कार्य सरकारको भएको थापाले बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्