×

खुल्यो कोरियन भाषा परीक्षाको आवेदन, क–कसले आवेदन दिन पाउँछन् ?

साउन ५, २०८० | दाक्सु मिडिया सम्वाददाता

दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।

शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको हो । शाखाका अनुसार परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने छ ।

‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ जारी सूचनामा उल्लेख छ ।

इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: