|
२०८३ जेष्ठ २१
काठमाडौँ, जेठ २१ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी तथा हराएका ४० वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
सवारी हस्तान्तरण कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले सवारीसाधनको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै सुरक्षित पार्किङ, अतिरिक्त लक र जीपीएस ट्र्याकिङ प्रणाली प्रयोग गर्न सुझाव दिए।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म उपत्यकाका विभिन्न स्थानबाट हराएका वा चोरी भएका ५९२ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारिएको छ।
आफ्नो सवारी फिर्ता पाएपछि सेवाग्राहीहरूले ट्राफिक प्रहरीको प्रयासप्रति धन्यवाद व्यक्त गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्