नेपाल–भारत सहकार्यका मुद्दा प्राथमिकतामा राख्न मोदीको प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौं, जेठ २० — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचका साझा विषयहरूलाई सूचीबद्ध गरी निश्चित समयसीमाभित्र समाधानतर्फ अघि बढ्न सकिने बताएका छन्।

भारत भ्रमणमा रहेका रवि लामिछाने नेतृत्वको टोलीसँग भएको भेटवार्तामा मोदीले दुई देशका प्राथमिक विषय पहिचान गरेर चरणबद्ध रूपमा काम गर्न भारत सकारात्मक रहेको धारणा राखेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्यका सम्भावना तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ। लामिछाने नेतृत्वको टोली पाँचदिने भ्रमणका क्रममा भारतमा रहेको छ। टोलीमा पार्टीका केही पदाधिकारी तथा प्रतिनिधिहरू पनि सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *