×

फागुन ८ गतेदेखि आइपिओ निष्कासन गर्दै भूगोल इनर्जी, कसले दिन पाउँछन् आवेदन?

फाल्गुन १, २०७९ | दाक्सु मिडिया

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो। 

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरूका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर निष्कासन गर्ने कम्पनीले बताएको छ।

यस्तै, सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ८ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ८ हजार ८११ कित्ता आइपिओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उक्त आइपिओमा फागुन २५ गतेसम्म आवेदन दिन सकिन्छ। उक्त मितिमा सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा स्थानीय बासिन्दाले भने चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन्। 

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युर रेटिङ बी माइनस रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

facebook sharing button
twitter sharing button

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: