रेबिज खोपको संकट : सुदूरपश्चिमका बिरामी मारमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २१

दोधारा चाँदनी, जेठ २१ — सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरूमा रेबिजविरुद्धको खोप अभाव भएपछि उपचार सेवा प्रभावित भएको छ। जनावरको टोकाइपछि आवश्यक पर्ने खोप नपाउँदा सेवाग्राहीहरू निजी स्वास्थ्य संस्थाको भर पर्न बाध्य भएका छन्।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार जेठ महिनायता प्रदेश आपूर्ति केन्द्रबाट खोप नआउँदा दैनिक आउने दर्जनौँ बिरामीलाई सेवा दिन कठिन भएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भने यो समस्या सुदूरपश्चिममा मात्र सीमित नभई देशभर देखिएको जनाएको छ। खोप अभाव कहिलेसम्म रहने भन्नेबारे स्पष्ट जानकारी नभएको बताइएको छ।

खोप नपाएका बिरामीहरूले निजी संस्थाबाट महँगो मूल्य तिरेर खोप लगाउनुपरेको गुनासो गरेका छन्। नियमित मात्रा पूरा गर्नुपर्ने भएकाले आगामी दिनमा खोप उपलब्ध हुने वा नहुने चिन्ता समेत बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *