×

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयमा ४ जना अवैतनिक सल्लाहकार नियुक्त

जेष्ठ ४, २०८० | दाक्सु मिडिया सम्वाददाता

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले ४ जना अवैतनिक विज्ञ सल्लाहकार नियुक्त गरेका छन् । मन्त्रालय अन्तरगतका विभिन्न क्षेत्रका कामलाई प्रभावकारी बनाउन मन्त्री राजभण्डारीले चार जनालाई अवैतनिक सल्लाहकार नियुक्त गरेका छन् ।

उनले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा डा. मिङ्गमार ग्याल्जेन शेर्पा, शिक्षा तर्फ डा. खड्गनारायण श्रेष्ठ, महिला तथा जनस्वास्थ्य तर्फ डा. जाङ्मू शेर्पा र सामाजिक समावेशीतर्फ मानबीर राईलाई विज्ञ सल्लाहकारका रुपमा नियुक्त गरेको उनका स्वकीय सचिव नुतन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नियुक्त भएका चारै जना शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा दक्षता भएका व्यक्ति हुन् ।

नियुक्त भएका सल्लाहकारहरुले प्रदेश सरकार तथा मन्त्रालयबाट कुनै पनि सेवा सुविधा नलिने गरी अवैतनिक सल्लाहकारका रुपमा कार्य गर्ने श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: