|
२०८३ जेष्ठ २५
इटहरी: प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा प्रहरीले कारबाही गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सोमबार उनीमाथि कारबाही गरेको जनाएको हो।
प्रहरीका अनुसार साम्पाङले गत जेठ २२ गते उदयपुरको बेलका नगरपालिका क्षेत्रमा आयोजित कार्यक्रममा जाँदै गर्दा सवारी चलाउने क्रममा मोबाइल प्रयोग गर्दै भिडियो बनाएका थिए। लापरबाहीपूर्ण ढंगले सवारी सञ्चालन गरेको आधारमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्