चौरीखर्क महेन्द्र ज्योति मा वि को डाईनिङ तथा किचन भवनको उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८० बैशाख २५

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका वडा न ३ चौरीखर्क महेन्द्र ज्योति मा वि को नव निर्मित डाईनिङ तथा किचन भवनको वैशाख २२ गते बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष मिङमा छिरी शेर्पाले उद्घाटन गर्नुभएको छ ।

एक्सन फर नेपालको समन्वयमा लुक्लास नामक संस्थाबाट ३० लाख, खुम्बु पासाङल्हामु गाउँपालिका बाट १८ लाख र खुम्बु शेर्पा कन्स्ट्रक्सनद्वार ५ लाख रुपैया लगानीमा गरिएको सम्पन्न भएको छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष टासील्हामु शेर्पा,कार्यपालिका सदस्य लाक्पा गेल्जेन शेर्पा, एक्सन फर नेपालका प्रमुख ल्हाक्पा थेरिङ शेर्पा, लुक्लासका प्रमुख Veronic Coppy, महेन्द्र ज्योति मा वि का प्रधानाध्यापक कुमार सिहं राई लगायत स्थानीयको बाक्लो उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *