सरकारको कामले अब गति लिन्छ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २४

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अब सरकारले गति लिने बताएका छन्। 

शुक्रबार सुर्खेत आएका शर्माले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै केन्द्र सरकारका १०० दिन गठबन्धन फेरबदलमै वितेपनि अब भने सरकारको कामले गति लिने बताए।

‘विभिन्न विषयमा गरिएका सहमतिको कार्यान्वयन र सरकार विस्तार गर्ने क्रममा संघीय सरकारका १०० दिन बिते,’ उनले भने, ‘अब सरकारको न्युनतम साझा कार्यक्रम पनि आइसकेको छ, कामले गति लिन्छ।’

उपमहासचिव शर्माले केन्द्रमा कांग्रेसले मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *