×

तपाईंले लगाएको कोरोना खोपले कहिलेसम्म काम गर्छ, के फेरि बुस्टर डोज लगाउनुपर्छ

चैत्र १६, २०७९ | दाक्सु मिडिया

तपाईंले कोरोनाविरूद्धको खोप कहिले लगाउनुभयो? के तपाईंलाई थाहा छ, तपाईंले लगाउनुभएको त्यो खोपले कहिलेसम्म काम गर्छ? अब बुस्टर डोज लगाउनुपर्छ कि पर्दैन? हो, आजको यो लेखमा यही विषयबारे चर्चा गर्दैछु। 

सामान्यतया:संक्रमण भएपछि वा खोप लगाएको ६ महिनापछि कोरोनाविरूद्धको एन्टिबडीमा ह्रास हुँदै जाने विभिन्न अनुसन्धानहरूले देखाएको छ। नेपालमा अधिकांश मानिसहरूले खोप वा बुस्टर डोज लगाएको ६ महिना बढी भइसकेको छ। अहिले फेरि संक्रमण बढ्दै जाँदा मानिसहरूले खोपको बुस्टर डोज (अतिरिक्त मात्रा) बारे चासो लिएको देखिन्छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो सातायता नेपालमा कोरोना संक्रमण फेरि उकालो लागेको देखिन्छ।

गत चैत १२ गते एकैदिन १६ जनामा संक्रमण देखिएयता दैनिक संक्रमितको संख्या बढिरहेको छ। हिजोमात्र ३४ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो समय भारतमा संक्रमण बढेका कारण नेपालमा पनि संक्रमण बढेको देखिन्छ। त्यसैले अहिले मानिसहरू थोरै भए पनि संक्रमणलाई लिएर फेरि सचेत हुन थालेका छन्। कतिले फेरि खोप लगाउनुपर्छ कि पर्दैन भनेर चासो देखाएका छन्। 

हालै मार्च २७ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निरन्तर अतिरिक्त खोपको आवश्यकता सबैलाई नपर्ने सूचना प्रकाशित गरेको छ।

विकसित देशहरूले अतिरिक्त खोप दिने क्रमलाई निरन्तरता दिँदै गर्दा यस्तो सूचना सार्वजनिक भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: