×

नेपालमा दुई लाख बढीले लगाए बुस्टर डोज खोप

माघ ११, २०७८ | दाक्सु मिडिया

नेपालमा कोरोनाविरुद्धको बुस्टर डोज (अतिरिक्त मात्रा) खोप दुई लाख २३ हजार ९४४ जनाले लगाएका छन् । सरकारले दुवै मात्रा खोप लगाएकामध्ये ६० वर्ष पूरा गरेका र फ्रन्टलाइनरलाई अतिरिक्त मात्रा खोप दिइरहेको छ ।

 नेपालमा खोप अभियान सुरु भएको करिब एक वर्ष पुग्न लाग्दा दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कम्तिमा एक मात्रा १ करोड ६३ लाख ३३ हजार ९३७ जनालाई दिइएको छ । यस्तै, पूर्ण मात्रा एक करोड ३१ लाख ६ हजार ७२६ लाई दिइसकेको छ । नेपाल १८ वर्षमाथिका ८२.० प्रतिशतले कम्तीमा एकमात्रा खोप लगाएका छन् भने ६५.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: