×

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

चैत्र १६, २०७९

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/०७९, राष्ट्रिय समावेशी आयोगको चौथो प्रतिवेदन २०७८/०७९,राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९ र आदिवासी जनजाती आयोगको तेस्रो वार्षिक प्रतिवेदन,२०७८/०७९ पेस गर्ने कार्यसूची छ। 

आजकै बैठकमा  राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

त्यस्तै सांसद वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: