प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजको कार्यसूची

DaksuMedia दाक्सु मिडिया
|
२०८१ जेष्ठ २१

प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरका बिहान ११ बजे बैठक बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै आजको बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि पनि छलफल हुनेछ।

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *