कीर्तिपुर मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ३

सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई जनही तीन लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। 

शुक्रबार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरूलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरूलाई जनही तीन लाख रुपैयाँ दिने बताएका हुन्।

उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए। 

प्रधानमन्त्री दाहालले सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको बताए

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *