बर्षातको समयमा सोलुदुधकुण्ड नगरपालिकाले पिच सडकमा १० चक्के सवारी साधन सञ्चालनमा रोक लगाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ बैशाख ३०

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले वर्षातको पिच सडक बाहेक कच्ची,सोलिङ तथा भित्रि सडकहरूमा १० चक्के सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ। प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाको अध्यक्षतामा काठ व्यवसायीहरूसँग छलफल सम्पन्न भएसंगै नगरपालिकाकाले उक्त निर्णय गरेको हो ।

यस्तै जेठ १५ देखि पिच सडकमा ट्र्याक्टर सञ्चालन गर्नसमेत निषेध गर्ने भएको छ । साथै नगरभित्र काठ चिरान र रूख ओसार–पसारलाई व्यवस्थित गरि नगरको विकास,सुन्दरता तथा सडक संरचनाको दीगो संरक्षण गर्ने उद्देश्यले सो बैठकको आयोजना गरिएको थियो ।

बैठकमा नगरपालिकाले गरेको प्रस्तावमा काठ ब्यबसायीहरुले सहमति जनाउँदै पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत शेर्पाले जानकारी दिएका छन् ।

कटान गरिएका रूखहरू अनियमित रूपमा सडक किनार वा बाटोमा राख्न नपाईने बैठकको निर्णय उल्लेख गर्दै नगरपालिकाले यदी अटेर गरेर कसैले राखेको खण्डमा त्यसबाट सडक, साइड ड्रेनेज, नाली आदीमा क्षति भएको खण्डमा सम्बन्धित ठेकेदारले सत् प्रतिशत क्षतिपूर्ति व्यहोर्नु पर्ने जनाएको छ ।

‘जथाभावी रूखका मुडा वा अन्य सामग्री ओसारपसार गर्दा सडक खन्ने वा ट्र्याक बिगार्ने कार्य पूर्णतया प्रतिबन्धित गरिनेछ’– नगरपालिकाको निर्णयमा भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *