खैराङमा अदुवाको व्यावसायिक खेती बढ्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका–४ खैराङमा अदुवा खेती विस्तार गरिएको छ। किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले १० लाख रुपैयाँको अनुदानबाट लुङथुङ क्षेत्रमा ७९ रोपनीमा खेती विस्तार गरेको हो।

हाल ४४ किसान दुई समूहमा आबद्ध भएर व्यावसायिक अदुवा खेती गरिरहेका छन्। किसानका अनुसार उत्पादन भएको अदुवा प्रतिकेजी १२० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने धरान, इटहरी र विराटनगरसम्म पुग्ने गरेको छ।

खेतीलाई थप व्यावसायिक बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँको लागतमा सोलार प्रविधिबाट अदुवा सुकाउने प्रशोधन केन्द्र निर्माण गर्ने तयारी गरेको छ। खेतीका लागि आवश्यक औजारसमेत किसानलाई उपलब्ध गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *