आज देशभर बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २५

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश भूभागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ।

बिहीबार दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा तथा पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

हाल पनि कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *