उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरेका छन् ।
शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुने छ ।’
यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिक्रिया दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया