बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार १९

१९ असार, काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलको हिजोको खेलमा शीर्ष स्थानको बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

शुक्रबार राति जर्मनीकोे एलिनाज स्टेडियममा भएको उक्त खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै इटालीले सेमिफाइनलमा स्थान हात पारेको हो।

इटालीलाई जित दिलाउन निकोलो बरेलाले र लोरेन्जो इन्सिन्गेले एक–एक गोल गरे । उता बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल फर्काए । 

जितसँगै इटालीले सेमिफाइनलमा स्थान बनाएको छ ।यता बेल्जियम भने प्रतियोगिताबाट बाहिरिएको छ । इटालीले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *