काठमाडौं । जर्मन कप फुटबलको उपाधि बोरुसिया डर्टमण्डले हात पारेको छ। बिहीबार राति भएको फाइनलमा डर्टमण्डले आरबी लाइपजिगलाई ४–१ गोलको अन्तरले पराजित गर्दै उक्त च्याम्पियनसिप जितेको हो।
उपाधि जिताउन डर्टमण्डलाई जाडोन सान्चो र अर्लिङ हालाण्डले दुई/दुई गोल गरेका थिए । डर्टमण्डले पाँचौ पटक जर्मन कपको उपाधि जित्न सफल भएको छ । पहिलो पटक १९६५ मा डर्टमण्डले जर्मन कप जितेको थियो ।
खेलको पाँचौं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए भने हालान्डले २८ औं मिनेटमा गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । सान्चोले पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए ।
७१ औं मिनेटमा डानिलले गोल गर्दै लाइपजिगलाई ३–१ को स्थितिमा ल्याए । ८७ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ४–१ को जित दिलाए ।
बुन्डेस लिगा फुटबलमा कमजोर बनेको डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जित्न सफल भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया