फर्मिन्होले लिभरपुल छाड्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

ब्राजिलका फरवार्ड रोबार्टो फर्मिन्होले यो सिजनको अन्त्यमा क्लबसँगको करार सकिएसँगै लिभरपुल छाड्ने भएका छन् । ३१ वर्षीय खेलाडी सन् २०१५ मा होफेनहाइमबाट २।९ करोड पाउन्डमा लिभरपुलसँग आबद्ध भएका थिए ।

एनफिल्डमा रहँदा उनले क्लबलाई च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, ईएफएल कप र क्लब विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । क्लबका लागि उनले ३५३ खेल खेल्दै १०७ गोल गर्नुका साथै ७० वटा गोलका अवसरहरू सिर्जना गरेका छन् ।
 
लिभरपुलका म्यानेजर योर्गन क्लपले भने फर्मिन्हो क्लबमा रहुन् भन्ने आफूले चाहेका बताएका थिए । तर, क्लबसँग नयाँ करारबारे भएको छलफलपछि उनी क्लब छाड्ने निर्णयमा पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *