×

रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

भदौ १५, २०७८ | दाक्सु मिडिया

म्यानचेस्टर । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ बर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई बर्षको रहेको युनाइटेडले जनाएको छ । 

पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन् । यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए । 

युनाइटेडबाट रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ ९ बर्ष खेल्दै इटाली पुगेका थिए । सिरी ए मा युभेन्ट्ससँग एक बर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्वक्लब युनाइटेड फर्किएका हुन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: