×

लुम्बिनीको प्रदेश सभाको बैठक आज, साना २ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै

फाल्गुन १७, २०७९ | दाक्सु मिडिया

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ।करिब महिना दिनपछि प्रदेश सभाको छैठौं बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

आज बस्ने प्रदेश सभाको बैठकमार्फत साना दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका छन् ।

एमालेका मुख्यमन्त्री गिरीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन लोसपा र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले सम्भवतः आजै सरकारको समर्थन फिर्ता लिने तयारी गरेको बताए ।

यद्यपि लोसपा र नागरिक उन्मुक्ति भने सरकारमा सहभागी छैनन् ।

लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्तिको चार र लोसपाको तीन जना सांसद छन् ।

यता, आठ दलको बैठक आज बिहान ११ बजे दाङको देउखुरीमा बस्न लागेको छ । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै लुम्बिनीमा पनि एमाले नेतृत्व सरकारलाई अल्पमतमा पारेर नयाँ सरकार गठनको प्रयास स्वरुप आठ दलहरुबीच बैठक बस्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: