देउवाले गोविन्द भट्टराईलाई भने- उपनिर्वाचन जितेर आउनुपर्छ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उप निर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् ।

नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ-१ मा उपनिर्वाचन हुनेछ ।

आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए । सोमबार बिहान सभापतिसँग भएको छलफलमा देउवाको बोली उधृत गर्दै भट्टराईले भने, ‘तनहुँ -१ मा उपनिर्वाचनमा जितेर आउनुपर्छ ।’

पुरानो गठबन्धन भत्किएर ट्रयाक बाहिर जान खोजेको राजनीतिलाई सही स्थानमा ल्याउन सकेकोमा आफूले सभापतिलाई धन्यवाद दिएको भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *