भ्रष्टाचार आरोपमा सिबिआईले पक्रियो दिल्लीका उपमुख्यमन्त्री सिसोदियालाई

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १५

भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको  एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता रहेको भन्दै सिबिआई (सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन) ले आइतबार उनलाई पक्राउ गरेको हो।

दिल्लीका उपराज्यपाल विनय सक्सेनाले सन् २०२२ जुलाईमा दिल्लीमा रक्सी बेच्न लिनुपर्ने लाइसेन्सको शुल्क मिनाहा गरेको उक्त नीति बनाउन संलग्नहरूमाथि अनुसन्धान गर्न आदेश दिएका थिए।

यो प्रकरणमा लामो समयसम्म अनुसन्धान चलेको थियो। सिसोदियामाथि प्रमाणहरू नष्ट गरेको आरोप पनि लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *