×

भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा

फाल्गुन ५, २०७९ | दाक्सु मिडिया

नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् ।
 
काठमाडौँ आउनेमा  विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग रहेका छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: