गुदेल माविको हिरक महोत्सव सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ माघ १२

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ गुदेल स्थित गुदेल माविको हिरक महोत्सव आज ( विहिबार)बाट सुरु हुँदै छ । गुदेल माविको आयोजनामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा आज (विहिबार) विहान १० बजेबाट आगामी सोमबारसम्म महोत्सव महोत्व जारी रहने आयोजकले जनाएको छ ।

विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा ‘सर्वसुलभ गुणस्तरीय शिक्षा, गुदेल माविको प्रतिवद्धता’ भन्ने नाराका साथ ऐतिहासिक महोत्वको आयोजना गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा जिल्लाव्यापी मावि स्तरीय महिला पुरुष भलिबल, जिल्लाव्यापी शिक्षक डबल ब्याडमिन्टन, क्षेत्र स्तरीय हाजिरी जवाफ, कक्षा १ देखि ८ सम्मका लागि युगल नृत्य, खुल्ला एकल नृत्य तथा ट्रयाक गायन लगायतका प्रतियोगिताहरु आयोजना गरेको संवाददाता झलक राईले जानकारी दिए ।

ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु वरिष्ठ गायक शम्भु राई, चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका लिला राई, संगीत प्रभाकर गायक राजेन्द्र केरुङ, गायक अजय अलंकार (कुलुङ), मोडल मनिता राई (कुलुङ), नृत्याङ्गना तथा मोडल बिनिता राई लगायत कलाकारहरुद्वारा बेजोड सांगितिक साँझ हुने आयोजकले जनाएको छ ।

साथै महोत्सवमा विद्यालयलाई योगदान दिनेहरुलाई सम्मान, विद्यालय बृतचित्र निर्माण लगायतका कार्यक्रमहरु रहेको विद्यालयका प्रधानाध्याक लबकुमार राईले बताए । त्यस्तै मोडल मनिता राई (कुलुङ), नृत्याङ्गना तथा मोडल बिनिता राई लगायत कलाकारहरुको उपस्थिति रहने संवाददाता झलक राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *