×

माप्यका जनप्रतिनिधि र यातायात व्यावसायि बिच छलफल

अशोज २, २०८० | दाक्सु मिडिया

सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका भित्र व्यावसायिक रुपमा संचालन भैरहेको यातायात ब्यवस्थापन बारे गाउँपालिकाले यातायात व्यवसायी संग छलफल गरेको छ ।
सामाजिक संजालमा टिप्पणी हुन थालेपछि मंगलबार गाउँपालिका अध्यक्ष बुद्धि किरण राई, उपाध्यक्ष गौरव राई, यातायात व्यावसायि र वडाका जनप्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
छलफलमा गाउँपालीका भित्र संचालन भैरहेको यातायात व्यवस्थापन, व्यावसायिक रुपमा संचालन भैरहेको सवारी साधन सूचीकृत र अनिवार्य नवीकरण गर्नुपर्ने निर्णय भएको छ ।
माप्य दुधकोशी गाउँपालि हुदै सिधा खुम्बु जोडिने सडक भएका कारण पर्यटन व्यावसायमा अझ कसरी सुदृढ गर्न सकिने समेत छलफल भएको थियो ।
यातायात व्यावसायिको समस्य र मागको पहिचान गरि गाउँपालिकाले सहयोग गर्ने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: