प्रधानमन्त्री ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७९ माघ ९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री रावलबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा सोमबार बिहान भेटवार्ता भएकाे प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएकाे छ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तर मुख्यमन्त्री रावलले विश्वासकाे मत जुटाउन भेटघाटलाई तिब्र पारिरहेका छन्।

सुदूरपश्चिममा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नगरे विश्वासकाे मत दिन नसकिने अडान राखेपछि रावलकाे दाैडधूप बढाएका हुन्।

उनलाई न्युनतम २७ जना सांसदले विश्वासकाे मत दिनुपर्छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेकाे खण्डमा उनले विश्वासकाे मत पाउने सम्भावना छैन।

यसअघिनै रावलले एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *