×

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार आङ्बो दोस्रो पटक

मंसिर ८, २०७९ | दाक्सु मिडिया सम्वाददाता

पाँचथरको प्रदेशसभा २ बाट माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो पुनः निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका उनी दोस्रो पटक प्रदेश सभामा निर्वाचित भएका हुन् ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले एमाले उम्मेदवार आइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । माओवादी केन्द्रबाट प्रदेश १ मुख्यमन्त्रीको एकल दाबेदार आङ्बोले १५ हजार ६७२ मत पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: