स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धन दलहरुले पालिकास्तरबाटै संयुक्त समिकरण तयार पार्न थालिसकेका छन् । सात सय ५३ पालिका मध्ये गठबन्धनले प्रमुख, उपप्रमुखदेखि वडाअध्यक्ष र सदस्यसम्मै प्याकेजमा बाँडफाँट गर्दैछन् । तर आम चासो र गठबन्धनका सबै दलको आँखा भने केन्द्रबाटै टुङ्गो लगाउने भनिएका मुलुकका ६ महानगरमा परेको छ । पाँच गठबन्धन दलले कसरी भाग मिलाउँलान त ६ वटा महानगरपालिकामा ?
काठमाडौं,ललितपुर, विरंगज, विराटनगर, भरतपुर र पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले कसरी भागवण्डा मिलाउँलान ? अहिले धेरैको चासो यसैमा देखिन्छ । सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसले छाड्नै नचाहने र माओवादी केन्द्रले दोहोरिने दावी गरेपछि भरतपुर त झन् तानातानमा छ ।
अघिल्लो निर्वाचनमा भरतपुरमा एमाले दोश्रो स्थानमा थियो । भने कांग्रेस र माओवादी मिलेरै चुनाव जितेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रसमेत भएकोले भरतपुरमा राजनीतिक रस्साकस्सी पेचिलो बन्ने देखिन्छ । गठबन्धनलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मै लैजाने सहमति छ । यो स्थितिमा एउटा महानगर मुख्य नहोला । तर केन्द्रबाटै टुङ्गो लगाउने भनिएका महानगरमा भाग मिलाउन सजिलो भने छैन् ।
कांग्रेसले भरतपुरसहित काठमाडौं, ललितपुर र विराटनगरमा पनि दावी गरेको छ । एकीकृत समाजवादीले अघिल्लो पटक एमालेले जितेका काठमाडौं र पोखरा आफूले पाउनुपर्ने भनिरहेको छ। जसपाको माग विरंगजमा छ । राष्ट्रिय जनमोर्चा भने महानगरको माग–दावीमा सामेल छैन् ।
गठबन्धनभित्रको ४ दलले ६ वटा महानगरको प्रमुख र उपप्रमुखको १२ पद र जम्मा १७४ वडाध्यक्ष आपसमा भागबण्डा मिलाउन वडा तहसम्मै संयन्त्र बनाएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा ललितपुर र विराटनगर कांग्रेसले र वीरगञ्जमा जसपाले जितेका थिए । तालमेलको समिकरणले अब कसलाई कहाँको नेतृत्व हात पर्छ यकिन भैसकेको छैन् । तर उनीहरुलाई आफ्नो दलको दाबीलाई पुष्टी गर्न र गठबन्धन जोगाएर आकांक्षी कार्यकर्ताको चित्त बुझाउन सकस भैरहेको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्