|
२०८३ श्रावण १६
काठमाडौं । नेपाली खेलाडी शेखर थापाले मंगोलियामा आयोजना हुने ११औँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। उनले पुरुष ६५–७० केजी तौलसमूह र चौथो डान प्याटर्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।
अगस्ट ३ देखि ९ तारिखसम्म उलानबाटारमा हुने प्रतियोगिताका लागि शेखरसहित तीन सदस्यीय नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ। टोलीमा आईटीएफ नेपालका अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापा अफिसियलका रूपमा सहभागी रहनेछन्।
उनीहरूले प्रतियोगितासँगै आयोजना हुने कंग्रेस र अम्पायर कोर्समा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार बिदाइ गरेका हुन्।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्