|
२०८३ भाद्र १३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रसुवाका दुर्गम क्षेत्रमा अझै राहत सामग्री पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्दै उनले राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरे। धुन्चेसम्म केही राहत पुगे पनि माथिल्लो तथा विकट क्षेत्रमा पीडितहरू सहयोगबाट वञ्चित रहेको उनले बताए।
सीमित संस्थामाथि मात्र निर्भर नभई स्थानीय प्रशासनले विश्वास गरेका अन्य संस्थालाई समेत परिचालन गर्नुपर्ने उनको सुझाव छ। “खान नपाएर मानिस मरिसकेपछि राहत पुग्नुको अर्थ हुँदैन,” भन्दै उनले तत्काल प्रभावितसम्म सामग्री पुर्याउन सरकारसँग आग्रह गरे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्