चितवनमा पहिचान नखुलेका २२९ शव गाडिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

चितवन । रसुवामा आएको बाढीपछि नदीले बगाएर चितवन पुर्‍याएका शवमध्ये २२९ वटा शवको अझै पहिचान हुन सकेको छैन। शवहरू सड्न थालेपछि स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तिनलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

चितवनमा जम्मा २ सय ३३ शव तथा शवका अवशेष भेटिएकामा चार जनाको मात्रै पहिचान भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाँकी शवबाट संक्रमण फैलिन सक्ने जोखिम रहेकाले थप क्षति हुन नदिन व्यवस्थापन गर्न लागिएको हो।

प्रशासनका अनुसार शव व्यवस्थापनअघि सबैको डीएनए नमुना संकलन गरिनेछ। प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत नम्बर दिएर अभिलेख राखिने भएकाले भविष्यमा आफन्तले पहिचान गर्न सहज हुनेछ।

पहिचान नभएका शवलाई भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला क्षेत्रमा गाडिनेछ। बाध्यात्मक परिस्थितिमा यस्तो निर्णय गर्नुपरेको भन्दै प्रशासनले मृतकका परिवारजनप्रति दुःख व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *