|
२०८३ जेष्ठ २०
सुदूरपश्चिम, जेठ २० — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी एक सांसदले समर्थन फिर्ता लिएपछि दलभित्रको तनाव केही कम भएको छ।
प्रदेशसभा सदस्य डम्मरी महरा ले पार्टी एकता र बजेट निर्माणलाई प्राथमिकता दिनुपर्ने भन्दै आफ्नो निर्णय सच्याएको बताएकी छन्। यससँगै मुख्यमन्त्री शाहमाथि देखिएको राजनीतिक दबाब तत्कालका लागि कम भएको छ।
यद्यपि, अविश्वास प्रस्ताव अघि बढाउने पक्षका सांसदहरूले प्रक्रिया जारी रहने बताएका छन्। कांग्रेस संसदीय दलमा नेता परिवर्तनको विषयलाई लिएर आन्तरिक विवाद भने अझै पूर्ण रूपमा समाधान भइसकेको छैन।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्