|
२०८३ भाद्र १३
काठमाडौं । रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका लागि सुरुङको प्रवेशद्वार खुलाउने काम तीव्र पारिएको छ।
दुई दिनदेखि जारी प्रयासमा लेदो र भग्नावशेष हटाउँदै सुरुङको मुखसम्म पुग्ने काम भइरहेको छ। उद्धार कार्यका लागि नेपाली सेनाका ६२ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका २० गरी ८२ सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ। यसैबीच भारतबाट उद्धार सहयोगका लागि आएको टोली पनि त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको रेकी गरी आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने तयारी गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्