बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, दुई जनालाई प्रहरीले समात्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २७

काठमाडौं : सप्तरी प्रहरीले बोक्सीको आरोप लगाएर एक महिलामाथि कुटपिट गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलाका ३८ वर्षीय जीवछ प्रसाद साह र ३२ वर्षीय अजय मण्डल रहेका छन्। उनीहरूले स्थानीय रेखा कुमारी मण्डललाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार र कुटपिट गरेको आरोप छ।

घटनापछि फरार रहेका दुवैलाई प्रहरीले खोजी अभियानका क्रममा बनौलाबाट पक्राउ गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *