|
२०८२ मंसिर ७
चितवन — भारतीय सीमामा कडाइ भएपछि अवैध अण्डा नेपाल भित्रिन रोकियो। यसले नेपाली किसानलाई आफ्नो लागत मूल्य अनुसार अण्डा बेच्ने मौका दिएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले नयाँ मूल्यसूची अनुसार एक्सएल क्रेट ५२०, ठूलो अण्डा ५०५ र मिडियम ४९० रुपैयाँ कायम गरेको छ। भारतमा अण्डाको राम्रो मूल्यका कारण अवैध आपूर्ति कम भएको हो।
अहिले नेपालमा प्रतिदिन झण्डै ४० लाख गोटा अण्डा उत्पादन हुन्छ र जाडोमा माग बढ्ने भएपछि किसानलाई लाभ मिल्ने अवस्था बनेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्