|
२०८२ आश्विन २७
काठमाण्डौँ । कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
आज लेगुवाबाट खाँदबारीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते भएका हुन् ।
दुर्घटनामा परेर टिपर चालक सिन्धुली नगरपालिका–१२ का ३० वर्षीय चुक्तबहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमयुम गाउँपालिका–९ का २८ वर्षीय रविन फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुार लामिछानेले बताएका छन् ।
घाइतेमध्ये सहचालक ट्याम्केमयुम–९ का २८ वर्षीय फुयाल गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछाने बताए । उनको टाउको र शरीरका विभिन्न भागका चोट लागेको छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्