११ करोड ठगी आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २१

काठमाण्डौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा एक सेयर ब्रोकर प्रकाउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार जयन्त श्रीवास्तव पक्राउ परेका हुन् । उनी सिप्रबी सेक्युरिजिका महाप्रबन्धक हुन् ।

श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै काठमाडौँ प्रहरीमा जाहेरी परेको छ ।

प्रहरी स्रोतका अनुसार मिता मुरारका अग्रवाल र ज्योती अग्रवालले आफूहरूले पाउनुपर्ने ११ करोड नपाएको भन्दै श्रीवास्तव विरुद्ध ठगीको उजुरी गरेका हुन् ।

सो विषय अर्का सेयर कारोबारी दीपेन्द्र अग्रवालसँग पनि सम्बन्धित रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *