काठमाण्डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो ।
आइतबार सेयर बजारमा भएको कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ४४.८ प्रतिशत रहेको छ ।
आज कुल ६ अर्ब ५४ करोडको कारोबार भयो । टप १० ब्रोकरमार्फत मात्रै २ अर्ब ७६ करोड रुपैयाँको खरिद हुँदा ३ अर्ब १० करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री ३४ करोड रुपैयाँ बढी देखिएको छ ।
चार ब्रोकर कम्पनीमार्फत बिक्री बढी हुँदा ६ मार्फत खरिद बढी भएको छ । भिजन, नासा, श्रीहरि, अनलाइनमार्फत बिक्री बढी भएको छ । त्यस्तै सनी, डायनामिक, इम्पेरियल, आर्यतारा, त्रिशक्ति र दिपशिखामार्फत खरिद बढी भएको छ ।
टप १० ब्रोकरमार्फत आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, बुटवल पावर, चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत कम्पनी अगाडि रहे ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्