दोभान बजारमा फेरि आगोको कहर, १० घर र १७ पसल जले

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १२

ताप्लेजुङ । दोभान बजारमा छ वर्ष नपुग्दै दोस्रोपटक ठूलो आगलागी हुँदा स्थानीयको जनजीवन फेरि प्रभावित भएको छ।

बिहीबारको आगलागीमा १० घर र १७ पसल जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घर तथा व्यवसाय गुमाएका परिवार अहिले आफन्त र छिमेकीको आश्रयमा छन्।

यसअघि २०७७ सालमा भएको आगलागीमा ४९ घर जलेका थिए। पहिलो विपद्बाट विस्तारै उठ्दै गरेका व्यवसायी फेरि प्रभावित भएपछि पीडितले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सरकारी सहयोग मागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *