|
२०८३ आश्विन १२
काठमाडौँ । लगातारको वर्षापछि बढेको कुलेखानी जलाशयको पानीको सतह अहिले बढ्ने क्रम सुस्त भएको छ। जलस्तर बढ्ने गति घटेसँगै तत्काल जोखिम नरहेको भन्दै बन्द गरिएको देउराली–सिस्नेरी सडक पुनः सञ्चालनमा ल्याइएको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार सोमबार बिहान जलाशयको पानीको सतह १ हजार ५२७.०७ मिटर पुगेको छ। जोखिमको अवस्था नदेखिएपछि बिहान ६ बजेदेखि सडकमा सवारी आवागमन खुलाइएको हो।
यसअघि जलाशयको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीस्वरूप साइरन बजाउने तयारी गरिएको थियो। तर वर्षा रोकिएपछि पानीको सतह बढ्ने क्रम नियन्त्रणमा आएकाले हालसम्म साइरन बजाउनुपर्ने अवस्था नरहेको केन्द्रले जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्