काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्मको खरिद तथा बिक्रीदर यसप्रकार रहेको छ।
अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा, युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा तथा पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा रहेको छ।
स्वीस फ्र्याङ्क १८४ रुपैयाँ ६८ पैसा खरिद र १८५ रुपैयाँ ४१ पैसा बिक्री, अष्ट्रेलियन डलर १०७ रुपैयाँ ४७ पैसा खरिद र १०७ रुपैयाँ ८९ पैसा बिक्री तथा क्यानेडियन डलर १०८ रुपैयाँ १८ पैसा खरिद र १०८ रुपैयाँ ६१ पैसा बिक्रीदर कायम गरिएको छ।
सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा, १० जापानी येनको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७९ पैसा र बिक्रीदर २२ रुपैयाँ ८८ पैसा छ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा, कतारी रियाल ४२ रुपैयाँ ०१ पैसा र ४२ रुपैयाँ १८ पैसा तथा थाई भाट ४ रुपैयाँ ५८ पैसा र ४ रुपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ५६ पैसा र ३७ रुपैयाँ ७० पैसा तथा १०० दक्षिण कोरियन वनको खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा तोकिएको छ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनर २३ रुपैयाँ ३१ पैसा र २३ रुपैयाँ ४१ पैसा रहेको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार ४९७ रुपैयाँ २७ पैसा र ४९९ रुपैयाँ २२ पैसा, बहराइन दिनार ४०५ रुपैयाँ ८९ पैसा र ४०७ रुपैयाँ ४८ पैसा तथा ओमानी रियाल ३९७ रुपैयाँ ४२ पैसा र ३९८ रुपैयाँ ९८ पैसा रहेको छ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने बताइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्