ऐसेलुखर्क गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ असार २

खोटाङको ऐसेलुखर्क गाउँपालिका २०८१ सालमा पूर्ण खोप सुनिश्चितता पालिका घोषित गरिएको छ। आईतबार आयोजित कार्यक्रममा १६ देखि ५९ महिनासम्मका सबै ५५३ जना लक्षित बालबालिकालाई आवश्यक सबै खोप दिइसकेपछि यो घोषणा गरिएको हो। स्वास्थ्य शाखा प्रमुख सचिन श्रेष्ठका अनुसार घरधुरी सर्वेक्षणमा कुनै पनि बालबालिका खोपबाट बञ्चित नभएको पुष्टि भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईसहित विभिन्न सरोकारवालाको उपस्थिति थियो।

यस उपलब्धिले ऐसेलुखर्कले सार्वजनिक स्वास्थ्यमा महत्वपूर्ण सफलता हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *