×

हरी पाण्डेले लिए भलिबल बाट सन्यास

माघ २१, २०८१ | दाक्सु मिडिया

काठमाडौ । गण्डकी प्रदेश भलिबल टिमका कप्तान खोम प्रसाद (हरी पाण्डे) ले गण्डकी भलिबल टिम कप्तान बाट बिदा लिएका छन ।
पाचौं टाईगर कपमा गण्डकी प्रदेश भलिबल क्लब दोश्रो रनरअप हुँदै समापन समारोहमा पाण्डे लाई दोसल्ला, नगद र प्रमाणपत्र सहित सम्मान तथा बिदाई गरिएको छ ।
साविक पश्चिमाञ्चल हुँदै विगत आठ वर्षा यता पाण्डेकै कप्तानीमा गण्डकी प्रदेश भलिबल टिम अगाडि बड्दै आएको थियो । उनको कप्तानी देखि गण्डकी प्रदेश टिम शिर्ष स्थानमा आएको छ ।
यसैबीच, गण्डकी प्रदेश भलिबल टिमका अरु केही सदस्यहरू पनि खेल छाडेर बाहिर गएका छन्। घनश्याम चौधरी, रवि केसि र सुजन चोखाल वैदेशिक रोजगारीको लागि जापान गएका छन्। रवि केसि हालैका वर्षहरूमा नेपालमा ठुला खेलहरूमा सहभागि भएका थिए, यो पटक भने उनी सहभागी भएनन । टाईगए कपको समापन संगै भलिबल र कप्तान बाट सन्यास लिएका पाण्डे अब कसरी बढ्ने कुनै प्रतिक्रिया दिएका छैनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: