नेपालकै पहिलो ब्याकहो लोडर अप्रेटर दिपा अधिकारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १

हरेक चुनौतीको सामाना गर्ने हिम्मत भएकी नेपालकै पहिलो ब्याकहो लोडर अप्रेटर दिपा अधिकारी

भक्तपुरको सानोठिमीस्थित युसेप नेपाल अन्तरगत संचालित प्राविधिक शिक्षालयमा हाल दीपा वाग्लेले ब्याकहो लोडर चलाउन सिकिरहेकी छन् । इटहरीमा ई(रिक्सा चलाइरहेकी उनी हेभी मेसिन ब्याकहोय लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आएकी हुन् ।

सधै केहि न केहि नयाँ काम गर्न चाहने दिपा यो भन्दा अघि पनि ब्याकहो लोडर चलाउन सिक्नकै लागि इटहरी उप(महानगरपालिकामा सह(चालक भएर केही समय काम गरेको बताउछिन् ।

अहिले प्रशिक्षणको अन्तिम चरणमा रहेकी दिपा अब लाईसेन्स लिएर ब्याकहो लोडर चलाउने बताउछिन् । आफूलाई सानै देखि चुनौतीपुर्ण काम गर्न नडाराउने दिपाको ब्याकहो लोडर चलाउने रहर भएको कारणले नै आज सफल भएको वाग्लेको भनाई छ ।उनि भन्छिन् हरेक चुनौतीको सामाना गर्दै पुरुषले गरेको काम महिलाले पनि गर्नसक्छ भन्ने उदाहरणीय महिलाको रुपमा प्रस्तुत गर्नु आफ्नो शोख रहेको बताउँछिन्।

हरेक मान्छे स्वरोजगार बन्नु पर्ने र आफ्नो लागि आफै गर्नुपर्ने बताउछिन् दिपा । ब्याकहो चलाउन सिकेको तर आउने दिनहरुमा आफ्नो सिपको सदुपयोग गर्न पाउने अवसर आफ्नै उप नगरपालिकाका मेयर उपमेयरले मिलाई दिए हुने थियो भनी अनुरोध गर्छिन।आफूलाई जे गर्न इच्छा हुन्छ त्यहि गर्नुपर्छ तर निरन्तरता भने हुनुपर्छ। निरन्तरताकै कारण सफल हुने उनको भनाई छ।

इ(रिक्सा चलाउदा मनग्य आम्दानि गर्ने दिपा ब्याकहो लोडर चलाउन सुरु गरेपछि झन् आत्मनिर्भर बन्न सकिने बताउछिन् । ब्याकहो लोडर चलाएपछि अब ग्रेडर चलाउने आफ्नो चाहना रहेको बताउछिन् दिपा।

दिपा वाग्ले अधिकारीसंग गरिएको भिडियो कुराकानी https://youtu.be/mFoOlEB1e6E

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *