काठमाडौं, असोज २७ – साताको दोस्रो दिन सोमबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन ३.०५ प्रतिशतले घटेको नेप्से सूचक आज ४४.२५ अंकले वृद्धि भई २५४७.६० विन्दुमा पुगेर १.७६ प्रतिशतको उकालो लागेको छ।
‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ५.१४ अंकले वृद्धि भएर ४४४.५४ विन्दुमा पुगेको छ। आज कुल १३ उपसूचकहरू मध्ये सबैमा हरियाली देखिएको छ।
बजारमा २०० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ४४ कम्पनीको सेयर घटेका छन्। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
यद्यपि सूचकमा सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। आइतबार ७ अर्बभन्दा माथिको कारोबार भएकोमा आज ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो।
सोमबार ३३० कम्पनीका ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४८ हजार ८३६ पटक खरिदबिक्री भएका छन्। आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्