१९ जेठ, काठमाडौं । केही दिन यता लगातार ओरालो लागेको नेपाली सेयर बजारमा बुधबार भने उत्साह देखिएको छ । बुधबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको छ ।
सोमबार ४५ अंकले र मंगलबार पनि दोहोरो अंकले घटेपश्चात ७ दशमलव ८३ अंकले ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स बढेको छ ।
मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ ।
बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका छन् । दुई दिन लगातार जसो हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो । बुधबार भने सुधार देखिएको छ ।
कारोबार रकमका आधारमा पुनर्बिमा कम्पनी आज पहिलो नम्बरमा देखिएको छ । यो कम्पनीको आज १ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया